अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ । पोखरा महानगरपालिका-३० खुदीस्थित खुल्ला चौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-३० बस्ने २४ वर्षीय बसन्त राज घिमिरे, २६ वर्षीय किरण पौडेल र सोही महानगरपालिका-३२ गगनगौडा बस्ने २४ वर्षीय सन्देश खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट अवैध लागूऔषधसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय नबिन कार्की, २१ वर्षीय दिपक कार्की र २७ वर्षीय कुश कार्की रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको टोलीले उनीहरूको घर तलासी गर्दा नबिनलाई अवैध लागूऔषध चरेश १ सय ९५ ग्राम, दिपकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५८ मिलिग्राम र कुशलाई १५ मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५८ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-१६ बस्ने ३१ वर्षीय मिलन तामाङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ पडरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रेम सुनारसहित ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरू उक्त पदार्थसहित पक्राउ गरेको हो ।
ताप्लेजुङ, पाथिभरा याङबरक गाउँपालिका-१ मेवाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० ग्रामसहित फुङलिङ नगरपालिका-३ बस्ने ३० वर्षीय सुवास चन्द्र दाहाल र २५ वर्षीय योगेश भारतीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले पाँचथरबाट ताप्लेजुङतर्फ आउँदै गरेको प्र.१-०३-००१ प २६१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार दुवै जनालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१० चकमेलीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्रामसहित सोही उपमहानगरपालिका-९ बस्ने २२ वर्षीय बिषेश नाथ योगी र २७ वर्षीय राजेन्द्र भाटलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया