युएइका कप्तान वासीम बने आइसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडी
मेरोन्यूज
२०८१ वैशाख ३१ गते २०:१७

काठमाडौँ । युएईका कप्तान मुहमद वासीम आइसीसीको अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’ बनेका छन् ।
वासीमले पाकिस्तानका शाहीन शाह अफ्रिदी र नामिबियाका गेरहार्ड इरासमसलाई पछि पार्दै अपरिम महिनाको उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् ।
वासीम आइसीसीको प्लेयर अफ द मन्थ अवार्ड जित्ने युएईका पहिलो खेलाडी हुन् । वासीमको नेतृत्वमा युएईले एसीसी प्रिमियर कप जितेर अर्को बर्ष हुने एशिया कपमा आफ्नो स्थान सुरक्षित गरेको थियो । २०२१ को अक्टोबरमा युएईका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गरेदेखि नै वासीम युएई टिमका महत्वपूर्ण खेलाडी रहेका छन् ।
वासीमले टी-२० क्रिकेटमा युवाबाट खेल्दै अहिलेसम्म १९७७ रन बनाउदै युएइका लागि सर्बाधिक रन बनाउने खेलाडी बनेका छन् ।
सम्बन्धित













टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
प्रतिक्रिया