सोमबार, चैत १६, २०८२

माओवादी एसिया प्रदेश समितिको संयोजकमा ओली र सचिवमा पन्त

मेरोन्यूज २०८१ वैशाख ३१ गते २१:५०

काठमाडौं। नेकपा माओवादी केन्द्रको एसिया प्रदेश संगठन समितिको संयोजकमा शनि कुमार ओली (नवराज) निर्वाचित भएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश इञ्चार्ज, सह इञ्चार्ज र त्यहाँ कार्यरत केन्द्रीय सदस्यको सिफारिसमा पदाधिकारी र सदस्यहरू रहेको प्रदेश  संगठन समिति गठन गरिएको महासचिव देव गुरुङले जानकारी दिए। 

जसअनुसार पदाधिकारीतर्फ  सह संयोजकमा भुपाल श्रेष्ठ र हरि नेपाली, सचिवमा भवानी पन्त,  सहसचिवमा श्री कृष्ण भट्टराई र दिपक पुन  चयन हुँदा कोषाध्यक्षमा बाबुराम विश्वकर्मा चयन भएका छन्। 

यस्तै कार्यसमितिको सदस्यहरूमा रमेश तिवारी, रामहरि पुडासैनी, दुर्गा मिलन गुरुङ, अरुण श्रेष्ठ, श्री प्रसाद श्रेष्ठ, इश्वरी कठायत, अर्जुन घर्तिमगर, प्रेम पाण्डे, मुक्ति मरासिनी, हवलचन्द्र लामा, कालिका थापा, शालिकराम भण्डारी,  जैवी चाम्लिङ राई, बुद्धि भण्डारी, रवि रमण अधिकारी  र  मनु मगर चयन भएका छन्। 

यस्तै  नारायण विश्वकर्मा,  कमल शाही, उमेश बिश्वकर्मा, होमनाथ शर्मा,  ठाकुर प्रसाद ढुङ्गाना, कमल महत, युवराज के.सी,  भिम केरुङ, दुर्गा प्रसाद प्याकुरेल, युवराज कार्की र  रेशम पौडेल पनि सदस्य चयन भएका छन्। 

माओवादी केन्द्रको गत फागुन १३ गते सम्पन्न पार्टीको विधान अधिवेशनबाट पारित विधानको  ब्यवस्था अनुसार एसिया (सार्क बाहेक) प्रदेश समितिको निर्माण गर्ने निर्णय भएको थियो। 

माओवादीले एसिया प्रदेश संगठन समितिको इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल र सहइन्चार्जमा ओम शर्मालाई यसअघि नै जिम्मेवारी दिइसकेको छ। यसैगरी प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्जमा लक्ष्मण पन्त छन् भने प्रवास प्रदेश समिति युरोप र  अमेरिका प्रदेशको इन्चार्जमा सुरेन्द्र कुमार कार्की चयन छन्। तीनमध्ये भारत प्रदेश र युरोप र  अमेरिका प्रदेशको कमिटी भने गठनको प्रक्रियामा रहेको माओवादी केन्द्रले जनाएको छ। 

नवनियुक्त सम्योजक ओलीले आफूले पार्टीको लागि सक्दो काम गर्ने बताए। उनले पार्टीलाई उक्त जिम्मेवारी दिएकोमा नेतृत्वप्रति आभार ब्यक्त गरे।

प्रतिक्रिया