बर्षाले खेल रद्ध भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
मेरोन्यूज
२०८१ जेठ १ गते ९:१२

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गएराती बर्षाले अवरोध गरेपछि गुजरात टाइटन्स र कोलकोता नाइट राइडर्सबीचको खेल रद्ध भएको छ ।
अहमदावादमा लगातार बर्षा भएपछि खेल रद्ध हुदा दुवै टिमले एक एक अंक बाडेका छन् ।
यो खेल रद्ध भएसँगै गुजरात प्लेअफको दौडबाट बाहिरिएको छ । १३ खेलमा ११ अंक रहेको गुजरातले अब आफ्नो अन्तिम खेल जिते पनि प्लेअफमा पुग्ने छैन ।
गुजरातले आफ्नो अन्तिम खेल आगामी विहिबार सनराइजर्स हैदरावादसँग खेल्ने छ ।
त्यस्तै कोलकोता नाइट राइडर्सको भने १३ खेलमा १९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । कोलकोताले अब आफ्नो अन्तिम खेल आगामी आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ ।
सम्बन्धित












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया