मंगलबार, माघ ६, २०८२

कोशीमा सांसद निर्मला लिम्बूले गरिन् अशोक राईको पक्षमा सनाखत

मेरोन्यूज २०८१ जेठ १ गते १४:१०

विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेकी छन् ।

लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेकी हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

निर्मला जसपा नेपालबाट समानुपातिक सांसद हुन् । योसँगै जसपा नेपाल कोशी प्रदेशमा निल भएको छ ।
 

प्रतिक्रिया