साउन १८ मा प्रदर्शन हुँदै वर्षाको ‘मोदीबेनी’

काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘मोदीबेनी’ भगवान् शिवको महिना भनेर चिनिने साउनमा प्रदर्शन हुने भएको छ ।
वितरक कम्पनी एफडी कम्पनी र रिच इन्टरटेनमेन्टसँग निर्माताको लिखित सम्झौतापछि आगामी साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
शङ्कर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा वर्षाको जोडी भएर नव-अभिनेता अमन प्रताप श्रेष्ठ प्रस्तुत छन् । रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दीलिप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको पनि फिल्ममा अभिनय रहेको छ । रेजिनाले यो फिल्मबाट लगभग १२ वर्षपछि कमब्याक गरेकी हुन् ।
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा फिल्म आधारित छ । आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको फिल्मका सह-निर्माता हरि श्रेष्ठ हुन् । फिल्मको काभ्रे र मोदीबेनी क्षेत्रमा छायांकन गरिएको हो ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया