संसद् अवरोधका विषयमा प्रधानमन्त्रीसँग सभामुखको छलफल
मेरोन्यूज
२०८१ जेठ २ गते ९:००

काठमाडौं । संसद् अवरोधका विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीचको छलफल जारी छ ।
छलफलका लागि सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । संसदको कार्यसूचीमा राष्ट्रपतिलाई धन्यावाद दिने कार्यसूची पनि थियो । तर सहकारीको रकम हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समितिको माग राख्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेको थिएन ।
कांग्रेसको अवरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित गरिएको थियो ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया