जितसँगै म्यानचेस्टर सिटी शिर्ष स्थानमा, लिगको विजेताको टुंगो अन्तिम खेलबाट लाग्ने

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी उपाधि जिततर्फ उन्मुख भएको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेपछि म्यानचेस्टर सिटी लिगको उपाधि जित नजिक पुगेको छ ।
म्यानचेस्टर सिटीको जितमा दुवै गोल इर्लिंग हालाण्डले गरेका थिए । अब लिगको अन्तिम खेलमा जित हासिल गरेमा यस सिजनको लिगको उपाधि म्यानचेस्टर सिटीले जित्ने छ ।
म्यानचेस्टर सिटीले अब अन्तिम खेल आगामी मे १९ मा वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ ।
म्यानचेस्टर सिटीको यो जितपछि लिगमा ३७ खेलमा ८८ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अंक रहेको छ ।
त्यसैगरी यो हारपछि टोटनह्याम आउदो सिजनमा च्याम्पियन्समा छनौट हुन असफल भएको छ । टोटनह्यामको ३७ खेलमा ६३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ । आउदो सिजनका लागि म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ ।















अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया