एपिएफ ललितपुर मेयर्स कपको फाइनलमा
मेरोन्यूज
२०८१ जेठ २ गते १५:४९

काठमाडौँ । शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा पुगेको छ । बुधवार भएको खेलमा आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरलाई ८ विकेटले पराजित गर्दै एफिएफ एक खेलअघि नै फाइनलमा पुगेको छ ।
यस खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य पछाएको एपिएफले ९.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै ७१ रन बनाएको थियो ।
एपिएफले ३ खेलमा सबैखेल जितेर ६ अङ्कसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिमले २ खेलमा ४ अङ्क बटुलेको छ भने ललितपुरको ३ खेलमा २ अङ्क रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेश २-२ खेल खेलेर अङ्कविहीन रहेका छन् ।
सम्बन्धित
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया