आम सम्पर्क मञ्च र सरकारबीच वार्ता जारी

काठमाडौं । भन्सारको विभेदकारी प्रावधानविरुद्ध विभागमा आन्दोलन गर्दै आएको आम सम्पर्क मञ्च र सरकारबीच वार्ता चलिरहेको छ ।
वार्तामा सरकारको तर्फबाट महानिर्देशक सहितको टोली र आन्दोलनकारीको तर्फबाट आजपाका उपाध्यक्ष तिलक थापा, प्रवक्ता चन्द्रभूसन साह, संघर्ष समितिको संयोजक रन्जु कुमारी सहितको टोली रहेको छ ।
मञ्चले भन्सार नियन्त्रणको नाममा तराईरमधेस क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन भन्सार बिभाग मार्फत सरकारसँग माग गरेको छ ।
भदौ महिनादेखि शुरू भएको उक्त आन्दोलनले राजस्व सम्बन्धी सम्पूर्ण कानुनमा एकरुपता ल्याउन, भन्सार कानुनबाट पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउने, भन्सार नियन्त्रणको नाममा निजी सम्पति लुट्ने काम बन्द गर्ने तथा नाका नाकामा भन्सार कार्यालय स्थापना एवं स्तरवृद्धि गर्ने जस्ता मागहरु राखेको छ ।

















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया