शनिबार, वैशाख १९, २०८३

तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

मेरोन्यूज २०८१ जेठ ३ गते ७:००

आजमिति २०८१ साल जेठ ३ गते बिहिबार तदअनुसार मे १६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु, शुक्ल पक्षको नवमी तिथी, मघा नक्षत्र, । ध्रुव योग  ।  चन्द्र राशि सिंह । यो  स्थिर कामको लागि शुभ योग हाे ।

Advertisement
NiccNicc

यस्तो छ तपाईंको आजको राशिफल:-

मेष : शुभकार्यको चर्चा चल्नेछ। राजनीतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ।

वृष : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आफन्तजनसँग मनमुटाव बढ्नेछ। घरपरिवारमा झै-झमेलाको अवस्था आउला। साँझपख सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ।

मिथुन : सुखद यात्राका अवसर प्राप्त हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। परिश्रम गर्दा धनार्जन हुनेछ। शुभ समाचार सुन्नमा आउला। सहयोगी हात अघि बढ्नेछन्।

कर्कट : लाभहानि, सुखदुःख बराबरी खालको दिन छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

सिंह : सञ्चार र प्रविधिमार्फत आफन्तसँग भेटघाट हुनेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। रोकिएको धन हात पर्ला। इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।

कन्या : विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्ने देखिन्छ तर चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। यद्यपि, धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।

तुला : नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रमणीय र सुखद यात्राको योग छ। धर्मकर्ममा रुचि बढ्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ।

वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ। इनाम र प्रतिष्ठा कमाउने बेला छ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। रमाइलो यात्राको सम्भावना छ। नयाँ व्यक्तिसँग भेटघाट होला। विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।

धनु : अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग छ। पठनपाठनमा प्रगति हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुनेछ। समग्रमा दिन सकारात्मक छ।

मकर : कार्यमा अवरोध आउला। पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। यात्रामा मालसामान हराउन सक्छ। चोटपटकको भय छ, अतः सचेत रहनु राम्रो होला।

कुम्भ : शुभकार्यको चर्चा चल्नेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। अतिथिको सेवा होला।

मीन : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। शुभकार्यको चर्चा चल्ने र योजना बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अचल सम्पत्ति हात पर्ने योग छ। पुँजी बजारबाट लाभ नै मिल्नेछ।

प्रतिक्रिया