शुक्रबार, जेठ २, २०८२

सैफ अली खानले किन हटाए करीना नामको ट्याटु ?

मेरोन्यूज २०८१ जेठ ३ गते १६:५७

काठमाठौं । बलिउडमा उत्कृष्ट जोडीको चर्चा हुँदा सैफ अली खान र करिना कपूरको नाम पनि लिइन्छ । यसै अक्टोबरमा उनीहरुको विवाहको १२ वर्ष पूरा हुँदैछ ।

हालै सैफको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा उनले हातमा बनाएको करीनाको नामको ट्याटु हटाएर नयाँ बनाएको देख्न सकिन्छ ।

उक्त भिडियो हेरेपछि सैफका फ्यानहरु अचम्ममा परेका छन् । उनीहरु विभिन्न किसिमका अड्कलबाजी गरिरहेका छन् ।

एक भारतीय सञ्चारमाध्यमका अनुसार सैफले आफ्नो नयाँ फिल्मको लागि ट्याटु परिवर्तन गरेका हुन्। छायांकनपछि उनले पहिलेकै ट्याटु राख्ने बताइएको छ ।

तर सैफले यस विषयमा हालसम्म केही बताएका छैनन्।

प्रतिक्रिया