दरबारमार्ग ट्राफिकमा कार्यरत प्रहरी जवानको शव शंकास्पद अवस्थामा भेटियो

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका -९, मनमैजुमा एक जना प्रहरी जवान मृत फेला परेका छन् ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले बताए । सो बिषयमा स्थानीयले खबर गरेपछि घटनास्थलमा अनुसन्धानमा टोली परिचालन गरिएको एआइजी थापाले जानकारी दिए ।
बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् । अपराह्न मृत भेटिएको खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको हो ।
घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतका अनुसार, निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । खोटाङ घर भएका घिमिरे सामाखुशीमा बस्दै आएका थिए । प्रहरीले मनमैजुसम्म उनी कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको बताएको छ ।

















निर्वाचनमा खटिएका सेना बाेकेको बस दुर्घटना, २४ जना घाइते
अमेरिकाको कोलोराडोमा सडक दुर्घटनामा चार जनाको मृत्यु
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
दमौलीबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ
यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया