एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
मेरोन्यूज
२०८१ जेठ ५ गते १६:१०

काठमाडौँ । एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी- २० को उपाधि जितेको छ । एपीएफले शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिंग गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको थियो । कविता जोशी १९औ ओभरमा ३ छक्का सहित २३ रन बनाएकी थिइन् । तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले जित हासिल गर्न सकेन ।
यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५५ रन बनाएको थियो ।
योसंगै एपीएफले लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ ।
सम्बन्धित
















नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया