बुधबार, वैशाख ९, २०८३

सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर

मेरोन्यूज २०८१ जेठ ६ गते २१:२१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Advertisement
NiccNicc

साविक नारायणपुर–८ को कित्ता नं ९०८ को १५ बिघा जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भएकामा कित्ताकाट गरी व्यक्तिको नाममा कायम गरेको पाइएको छ ।

सार्वजनिक प्रकृतिको जग्गाबाट कित्ताकाट गरी व्यक्ति विशेषको नाममा कायम गर्ने कार्यमा संलग्न कर्मचारी तथा सो जग्गा आफ्नो नाममा कायम गराउने व्यक्तिलाई कारबाहीको माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख र नायब सुब्बा अग्निबहादुर शाहीविरुद्ध रु २४ करोड छ लाख ६९ हजार बराबरको बिगो दाबी गरेको छ ।

यस्तै, नापी अधिकृत मानबहादुर चन्द, सर्वेक्षक दशरथ मण्डलविरुद्ध पनि समान बिगो दाबी गरेको छ । यसैगरी, जग्गाधनी दर्ता प्रमाणपत्र बनाउने बिन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल, विमलबहादुर रावलविरुद्ध पनि समान बिगो कामय गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रतिक्रिया