भूकम्पले भत्किएका ७७० सम्पदा पुनःनिर्माण

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये सात सय ७० को पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ । भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १८ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म सात सय ७० सम्पदाको पुनःनिर्माण भएको छ ।
हाल ७० सम्पदाको पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । ८० सम्पदाको अझै काम सुरु हुन सकेको छैन ।
पर्याप्त बजेट नआउनु, प्राविधिक जनशक्ति र निर्माण सामग्री अभावलगायत कारण ८० सम्पदाको पुनःनिर्माण सुरु हुन नसकेको हो । विभागमा हाल २० जनामात्र इन्जिनियरको दरबन्दी भएकाले पनि काममा ढिलाइ भएको जनाइएको छ ।
भक्तपुरको यक्षेश्वर, भक्तपुरकै पुजारी मठ, चाँगुनारायण मन्दिरका सत्तल, हनुमानढोकाको विष्णु मन्दिर, पाटन दरबार क्षेत्रको देगु तलेजु मन्दिरलगायत ठूला सम्पदा पुनःनिर्माणको काम अहिले भइरहेको छ । शङ्खमूलको जगत्नारायण मन्दिरका विषयमा अदालतमा मुद्दा परेकाले काम रोकिएको छ ।
जगत्नारायण मन्दिर पुनःनिर्माणको ठेक्का पाएका निर्माण व्यवसायीले समयमा काम नगरेपछि विभागले कारबाही प्रक्रिया अघि बढाउँदा निर्माण व्यवसायी नै अदालत गएकाले पुनःनिर्माणको काममा ढिलाइ भएको हो ।
पुनःनिर्माण हुन बाँकी सम्पदामध्ये करिब २० वटा आगामी आर्थिक वर्षमा काम गर्ने गरी बजेट व्यवस्थापनको प्रक्रियामा रहेको प्रवक्ता कुँवरले बताए । आव २०८२/८३ सम्म ३२ वटा जिल्लाका नौ सय २० वटा सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने लक्ष्य विभागले लिएको छ ।
हालसम्म सम्पदा पुनःनिर्माणका लागि सरकारले रु छ अर्ब खर्च गरिसकेको छ । बाँकी सम्पदा पुनःनिर्माण गर्न रु दुई देखि रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ ।
भूकम्प प्रभावित ३२ जिल्लाका दुई सय १५ गुम्बा पुनःनिर्माणको दायित्व सरकारले विभागलाई दिएको छ । त्यसमध्ये हाल २५ वटा गुम्बा पुनःनिर्माण भइरहेका छन् । आगामी आवमा २० वटा गुम्बा पुनःनिर्माण गर्ने तयारी छ ।
गुम्बा पुनःनिर्माणका लागि विभागले सरकारसँग अलग्गै बजेट माग गरेको छ । चार वर्षमा सबै गुम्बा पुनःनिर्माण सक्ने योजना विभागले बनाएको छ । सबै गुम्बा पुनःनिर्माण सक्न रु पाँच अर्ब लाग्ने अनुमान गरिएको छ ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया