सङ्घीयताको मर्मअनुरूप बजेट कार्यक्रम लक्षित गर्छौ : मन्त्री थपलिया

हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सङ्घीयता मर्म अनुरूप लक्षित गर्ने बताएका छन् । मन्त्री थपलियाले प्रदेश सरकारले तर्जुमा गर्ने बजेट सङ्घीयताको पूर्ण कार्यान्वयन गर्ने तर्फ लक्षित गरिने बताए ।
सोमबार सदनमा प्रदेशसभा सदस्यहरूको प्रश्नको जवाफ दिँदै उनले सङ्घीयताको मर्म र भावना अनुरूप प्रदेशगत संरचनालाई थप मजबुत र स्थायित्व दिने बताए । उनका अनुसार सन्तुलित र दिगो विकास, गरिबी निवारण र रोजगारीमा वृद्धि गर्नु नै प्रदेश सरकारको बजेटका सिद्धान्त, प्राथमिकता र कार्यक्रमको लक्ष्य रहेको स्पष्ट पारे ।
युवाको विदेश पलायन रोक्ने कार्यक्रम, उत्पादनका क्षेत्रहरूलाई लक्षित गरी बजेट विनियोजन, जनताका आधारभूत आवश्यकताको परिपूर्ति सेवा क्षेत्रहरूको सेवा विस्तार र सुधार, दिगो र वातावरण मैत्री पूर्वाधार विकासलाई महत्वका साथ अघि बढाउने उनको भनाई छ ।
‘सुशासन र पारदर्शिता, निर्वाहमुखीबाट उत्पादनमुखी कृषि, देशभित्र उपलब्ध सेवा र वस्तुहरूको आयात प्रतिस्थापन, सामाजिक समावेशीकरण र लैङ्गिक समानता, भाषा तथा संस्कृतिको प्रवर्धन, जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलन, सूचना प्रविधि र वैकल्पिक ऊर्जा प्रवर्द्धन, औद्योगिक विकास, शिक्षा र स्वास्थ्य, मन्त्रालयहरूको विषयगत सेवा विस्तारको लागि कार्यालय विस्तार लगायतका तमाम विषयहरूमा प्रदेश सरकार गम्भीर ढङ्गले लागिरहेको छ’ उनले भने ।
वातावरण संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेकाले उक्त विषयहरूलाई समावेश गरिएको उनले बताए । वातावरण संरक्षणका क्षेत्रमा फोहोर मैला व्यवस्थापन मात्र होइन, कार्बन उत्सर्जन न्यूनीकरण, जलाधार व्यवस्थापन जलवायु परिवर्तन अनुकूलन लगायतका क्षेत्रहरू समेत प्रदेश सरकारको प्राथमिकतामा रहेको मन्त्री थपलियाको भनाई छ । भाषा, कला, साहित्य लगायत सम्पूर्ण सांस्कृतिक पक्षहरूको प्रवर्धन र संवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।
‘निजी क्षेत्रलाई प्रोत्साहन गरी प्रदेशको आर्थिक सामाजिक सांस्कृतिक विकासमा योगदान पुर्याउन सङ्घीय र स्थानीय सरकारसँग आवश्यक समन्वयमा सार्वजनिक जग्गामा आधारभूत औद्योगिक पूर्वाधार निर्माण गर्ने र उक्त क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गर्ने विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ उनले भने ।
मन्त्री थपलियाका अनुसार प्रदेश सरकारले आयातित काठको निर्भरतालाई प्रतिस्थापन गर्दै दिगो वन व्यवस्थापन मार्फत काठ दाउरा उत्पादन, रोजगारीको सिर्जना र वन पैदावरको आयातलाई प्रतिस्थापन गर्ने विषयमा प्रदेश सरकारले जोड दिएको छ ।
सहकारी क्षेत्रको प्रभावकारी नियमन, व्यवस्थापन र विकासको लागि समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिको काम कारबाहीलाई थप प्रभावकारी बनाउने योजना सरकारको रहेको छ ।
















अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया