आइतबार, वैशाख २७, २०८३

एमाले दाङको अध्यक्षमा आचार्य निर्वाचित

मेरोन्यूज २०८१ जेठ ७ गते २२:०१

दाङ । नेकपा एमाले दाङको १४ औँ अधिवेशनबाट अध्यक्षमा शिवकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरीसहित ११९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ।

Advertisement
NiccNicc

निर्वाचन मण्डलका संयोजक नरूलाल चौधरीले अध्यक्ष पदका आंकाक्षी धेरै देखिए पनि अन्तिममा सर्वसम्मत नेतृत्व चयन गरिएको घोषणा गरिएको बताए ।

एमाले महासचिव शङ्कर पोख्रेलले आइतबार अधिवेशनको उद्घाटन गरेका थिए । अघिल्ला अध्यक्ष हुकुम बस्नेत र सचिव मनोहर बुढाथोकी दुवै अध्यक्षका आकाङ्क्षी थिए । तर, सर्वसम्मत नेतृत्व चयन गर्दा आचार्यलाई अध्यक्ष बनाइएको छ ।

प्रतिक्रिया