पूजार सार्की र फर्की फर्की आजबाट हलमा

काठमाडौँ। तीन सुपर स्टार रहेको फिल्म ‘पूजार सार्की’ र अनमोल केसीको ‘फर्की फर्की’ एक साथ रिलिज भएका छन् । बुद्ध जयन्तीको सार्वजनिक विदाको अवसर पारेर बिहीबारबाट दुवै फिल्म रिलिज गरिएको हो ।
‘पूजार सार्की’ मा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको छ । यस फिल्मलाई राष्ट्रिय अवार्ड विजेता दिनेश राउतले निर्देशन गरेका हुन् । सामाजिक विषयमा फिल्म बनाउने निर्देशक राउतले यसअघि ‘प्रसाद’ र ‘प्रकाश’ जस्ता फिल्म बनाएका थिए ।
सुवास भुसालको निर्माण रहेको फिल्ममा आर्यनको जोडी अञ्जना बराइलीसँग बाँधिएको छ भने प्रदीपको अपोजिटमा परीक्षा लिम्बूले अभिनय गरकी छन् । फिल्म अन्तरजातीय प्रेमको कथामा बनेको छ । विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, शङ्कर आचार्य, प्रेम सुब्बा, सुभास गजुरेल, विद्या कार्की, बसन्त भट्ट लगायतको पनि अभिनय छ ।
त्यस्तै अनमोल केसी र जसिता गुरुङको प्रमुख भूमिका रहेको फर्की फर्की‘टाइम लुप’ को कथामा बनेको छ । यस फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । अनमोलका पछिल्ला फिल्मले बक्स अफिसमा राम्रो नगरेको अवस्थामा फर्की फर्की बक्स अफिसमा सफल हुनुपर्ने दबाब अनमोलमाथि रहेको छ ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया