शाहरुख खान अस्पताल भर्ना
मेरोन्यूज
२०८१ जेठ १० गते १३:३१

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान अस्पताल भर्ना भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार हिटस्ट्रोक र डिहाइड्रेशनका कारण शाहरुख खानलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको हो ।
शाहरुखलाई भेट्न उनकी मित्र अभिनेत्री जुही चावला अस्पताल पुगेकी थिइन् ।
अहिले उनी डिस्चार्ज भइसकेका छन् ।
मंगलबार राति असहज महसुस हुँदा हुँदै पनि अभिनेता आफ्नो टिमलाई सर्पोर्ट गर्न गएका थिए । उनलाई बिस्तारै सन्चो भइरहेको र फाइनलको खेलको आफ्नो टिमलाई चियर गर्न जाने उनी निकट स्रोतले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया