रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्ष पदका उम्मेद्धवार कुमार चिमोरिया को हुन् ?

काठमाडौँ । काभ्रेको तिमालमा जन्मेका सामान्य एक किसानका छोरा हुन् कुमार चिमोरिया । मावि स्तरसम्म अध्ययन गरेका उनी २०५३ सालमा काठमाडौं छिरे।
चिमोरियाले विदेश जान तीन चोटी सम्म प्रयास गरे तर केहि सिप लागेन । विभिन्न संघसँस्थामा काम गर्दै उनले २०७२ सालमा हाम्रो अटोमोबाइल प्रा.लि. सञ्चालनमा ल्याए ।
हाल सातदोवाटोमा अवस्थित यस अटोमोबाइलले नयाँ तथा पुराना गाडीहरु बिक्री बितरण गर्दै आएको छ । सुन्य लागतबाट सुरु भएको कुमारको ब्यवसाय आज करोडौंको छ । यो सबै आफ्नो परिवारको साथ र सहयोगले सम्भव भएको उनी बताउँछन् ।
नेपालमा सम्भावना नदेखेर विदेशिने लर्को लागेको बेला आफ्नै देशमा केहि गरौं भन्ने ज्वलन्त उदाहरण बनेका छन् चिमोरिया । इमान्दारिताका साथ आफ्नो काम गरे सफल एक न एक दिन अवश्य हुने उनी बताउँछन्
चिमोरिया नेपाल रिकन्डिसन अटो व्यवसायी संघको वर्तमान वरिष्ठ उपाध्यक्ष पनि हुन् । उनले यस संघको आगामी जेठ २६ गते हुन लागेको अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
आफूले निर्वाचन जिते बैँक तथा वित्तीय संस्थाहरुले नयाँलाई गाडी र सेकेण्ड ह्याण्ड गाडीलाई कवाडी भन्ने दृष्टिकोणलाई अन्त्य गर्न पहल गर्ने चिमोरियाले बताएका छन् ।

उम्मेद्वारी घोषणा सँगै चुनावी एजेण्डा सार्वजनिक गरेका उनले सातै प्रदेशको यातायात व्यवस्था कार्यालयमा हुने बेथिति र कुरितीविरुद्ध बुलन्द गर्ने बताएका छन् ।
त्यस्तै, रिकन्डिसन व्यवसायीहरुलाई कर तिरे अनुसारको सम्मानजनक व्यवहारका लागि वातावरण निर्माणमा भूमिका खेल्ने, व्यवसायीको साझा समस्या समाधानका लागि काम गर्ने लगायत उनका चुनावी एजेण्डा रहेका छन् ।
वर्तमान अध्यक्ष रमेश प्रसाद कोइराला उनका प्रतिस्प्रर्धी हुन् । कोइरालाले एक कार्यकाल कार्यवहाक अध्यक्ष बनेर समेत संघको नेतृत्व गरिसकेका छन् ।
प्रतिक्रिया