राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल
मेरोन्यूज
२०८१ जेठ १० गते १५:१९

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हाे ।
उनी खुला प्रतिस्पर्धाबाट बैंकको सीईओमा नियुक्त भएका हुन् । सीईओ बन्न २० जनाले आवेदन दिएकोमा ५ जनाको नाम सर्ट लिस्टमा परेको थियो ।
तत्कालीन सिइओ किरण कुमार श्रेष्ठले दुई कार्यकाल सकेर बिदा भएपछि बैंकको सीईओ पद रिक्त थियो ।
सम्बन्धित
प्रतिक्रिया