सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले छिमेकीलगायत सबै मुलुकहरुसँग सार्वभौमिक समानता, पारस्पारिक लाभ र सम्मानका आधारमा दिपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्दै आएको बताएका छन् ।
नेपाल परराष्ट्र सेवा दिवसका अवसरमा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा उनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान तथा सक्रिय उपस्थितिका साथ राष्ट्रिय हितको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिदै आएको उल्लेख गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले कूटनीतिक सम्बन्ध विस्तार मलुकको राष्ट्रिय हित प्रवर्द्धन र परराष्ट्र नीतिको सफल कार्यान्वयनमा परराष्ट्र सेवाको अहम् जिम्मेवारी रहेको बताए।
साथै उनले संवैधानिक व्यवस्थाको प्रावधानअनुसार नेपालले पञ्चशीलमा आधारित स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति कायम गर्दै आएको बताए । उनले आर्थिक कूटनीतिमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान गर्ने तथा बैदेशिक रोजगारी मर्यादित र व्यवस्थित तुल्याउने नीतिलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।
कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्सालले परराष्ट्र सेवाको सुरुआती चरणको अवस्थाबारे जानकारी गराउँदै यस सेवाले नेपालाको विदेश नीति तर्जुमा, सञ्चालन तथा प्रभावकारी कार्यान्वयनमा निर्णायक र अहम् भूमिका निर्वाह गर्दै आएको बताए।
यस सेवामा कार्यरत कूटनीतिक सुझबुझसहितका जनशक्तिले नीति निर्मातालाई विज्ञ सल्लाह प्रदान गर्ने, संस्थागत ज्ञान निर्माण गर्ने संरक्षण गर्ने तथा नीति निर्माणमा निरन्तर रुपमा पृष्ठपोषणको कार्य गर्नुका साथै यसको कार्यान्वयनमा कटिबद्ध रहेको उल्लेख गरे।
साथै सचिव लम्सालले यस सेवामा कार्यरत जनशक्तिले द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरुमा नेपालको उपस्थिति, वार्ता कौशल प्रदान गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा परराष्ट्र सेवामा लामो समय काम गरी सेवा निवृत भएका कर्मचारी तथा उनका परिवारलाई सम्मान गरिएको थियो ।

















इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
Driver killed after car falls into Phewa Lake
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
4 die, 5 injured in firing incidents in Karachi
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया