सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
मेरोन्यूज
२०८१ जेठ ११ गते १८:५९
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
शुक्रबार जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले अध्यक्ष सिरोहियामाथी लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मको समय दिएको छ ।
यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेर धनुषा लगेको थियो ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया