संयुक्त राष्ट्र संघ अदालतको आदेश- रफाहमा इजरायलले आक्रमण तुरुन्त रोकोस्
मेरोन्यूज
२०८१ जेठ ११ गते २०:४९

काठमाडौँ । संयुक्त राष्ट्र संघको सर्वोच्च अदालतले दक्षिण अफ्रिकाले ल्याएको इजरायल विरुद्धको मुद्दामा आफ्नो फैसला सुनाएको छ ।अदालतले इजरायललाई दक्षिणी गाजा शहर रफाहमा आफ्नो सैन्य कारबाही रोक्न आदेश दिएको छ ।
अदालतले आदेशमा भनेको छ- इजरायलले तुरुन्तै रफाहमा आफ्नो सैन्य आक्रमण र गाजामा प्यालेस्टिनी समूहलाई पूर्ण वा आंशिक रूपमा भौतिक विनाश ल्याउन सक्ने अन्य कुनै पनि कारबाही रोक्नुपर्दछ ।’, अन्तर्राष्ट्रिय अदालतका अध्यक्ष न्यायाधीश नवाफ सलामले आदेश सुनाउदै भने ।
दक्षिण अफ्रिकाले मे १० मा इजरायल विरुद्धको नरसंहारको मुद्दामा थप उपायहरूका लागि तत्काल अनुरोध दायर गरेको थियो ।
त्यस्तै यस मुद्धामा नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतका न्यायाधीशहरूको प्यानल बसेको छ र यस्तै प्रकृतिको मुद्धामा फैसला सुनाउने तयारी गरेको छ ।
सम्बन्धित
















हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन
नेप्से परिसूचकमा सामान्य अंकको सुधार
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया