कार्यदल बैठकमा सहमति जुटेन, नेताहरू बालुवाटारतिर

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदल बैठक सहमतिबिनै टुङ्गिएको छ ।
बैठक बिना निष्कर्ष टुङ्गिएपछि कानून मन्त्रालयबाट कार्यदल सदस्यहरू सीधै प्रधानमन्त्री निवास बालुवाटारतिर लागेका छन् । कार्यदलको बैठक सकिएपछि नेताहरू बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका हुन् ।
कानून मन्त्री पदम गिरीले बैठकमा सहभागी कार्यदलका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार प्रस्थान गरेको जानकारी दिए । उनका अनुसार कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताहरूबीच नै छलफल गरेर सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, ज्ञानेन्द्र कार्की सहभागी छन् ।
यस्तै सत्ता पक्षका एमालेबाट उपप्रधान तथा भौतिक पूर्वधानमन्त्री रघुवीर महासेठ र सांसद विष्णु पौडेल सहभागी छन् । अर्थमन्त्री वर्षमान पुन पनि बालुवाटार पुगेका हुन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार शेरबहादुर देउवा भने बिरामी परेका कारण बैठकमा उपस्थित छैनन् । लेखकले खबरहबलाई भने, ‘प्रधानमन्त्रीले छलफलमा बोलाउनु भएर हामी आएका छौं ।’
कार्यदलको बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘अहिलेलाई बैठक सकिएको छ । छलफल जारी छ । हामी प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार हिनेका छौँ ।’ उनका अनुसार बैठकमा भएका कुराहरू प्रधानमन्त्रीकहाँ प्रस्तुत हुने गरिनेछ ।
आज बसेको कार्यदल बैठकमा कार्यदलमा कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, संसद् ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक बर्तौला र रास्वपाबाट शिशिर खनाल सहभागी थिए । माओवादी प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा पुगेका थिए
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया