सहकारी ठगीविरुद्ध सडकमा उत्रियो कांग्रेस

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ ।
आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
उक्त कार्यक्रममा केही शीर्ष नेताहरु पनि पुग्नेक्रम जारी रहेको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरु प्रदर्शनस्थलमा पुगिसकेका छन् ।
गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानविन हुनुपर्ने र पाटपोर्टको विषय पनि छानविनको दायरामा आउनुपर्ने उनीहरुको माग राख्दै संसदमा अवरोध गरेको कांग्रेस आजदेखि सडक प्रदर्शनमा उत्रिएको हो ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया