न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो।
दोषी ठहर गरेपनि उनको सजाय निर्धारणका लागि जेठ २८ गते पेश गर्न समेत इजलासले आदेश दिएको छ।
गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गिरीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशपछि फरार रहेका उनी वैशाख ३ गते काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए।
त्यसदिनदेखि उनी कारागार कार्यालय डिल्लीबजारमा पुर्पक्षका लागि थुनामा छन्।
त्यसअघि जिल्ला अदालतले गिरीलाई धरौटीमा छाड्न पनि आदेश दिएको थियो। उच्चले पनि सदर गरेपछि बेरितको देखिएको भन्दै सर्वोच्चले ती आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
पीडित महिलाले गिरीविरूद्ध वैवाहित बलात्कारको जाहेरी दिएकी थिइन्। उक्त मुद्दाका साथै सम्बन्ध बिच्छेदको मुद्दा विचाराधीन रहेको अवस्थामा कोठामा आएर गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्।
गिरी कपिलवस्तुमा जिल्ला न्यायाधीश थिए। त्यही बेला उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। सोही जाहेरीमाथि अनुसन्धान भई मुद्दा अदालतमा दर्ता भएपछि गिरीलाई न्यायपरिषदले निलम्बन गरेको थियो।









अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
सिड्नीमा गोली चल्याे, कम्तीमा १० जनाको मृत्यु
UML central committee to have 301 members
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया