मंगलबार, वैशाख १५, २०८३

सम्झौता अनुसार लाइसेन्स छपाइ भएन, २ लाख ६० हजार कार्ड अपुग

मेरोन्यूज २०८१ जेठ १३ गते २१:४७

काठमाडौं। सन् २०२२ जुलाईदेखि नयाँ तथा नवीकरण गरेका सवारीचालक अनुमतिपत्र छपाइ नहुँदा समस्या सिर्जना भएको छ।

Advertisement
NiccNicc

महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार यातायात व्यवस्था विभागले हाल विदेश जाने व्यक्तिसहित अत्यावश्यकलाई मात्र कार्ड वितरण गरिरहेकोले नयाँ तथा नवीकरण गरेका सवारीचालकहरूको अनुमतिपत्र छपाइ नभएको हो।

विभागले एक विदेशी कम्पनीसँग २०८० भदौ १८ भित्र १२ लाख स्मार्ट कार्ड आपूर्ति गर्ने गरी २०७९ फागुन १० गते अमेरिकी डलर १४ लाख ९८ हजारको सम्झौता गरेको थियो। सम्झौता अवधिभित्र कार्ड आपूर्ति हुन नसकी दुई पटक गरी १७२ दिन म्याद थप भइसकेको छ।

चालक अनुमतिपत्र मागका आधारमा यो वर्षसम्म १४ लाख ६० हजार कार्ड छपाइ हुनुपर्नेमा सम्झौताअनुसार १२ लाख कार्ड मात्र आपूर्ति हुने भएकोले २ लाख ६० हजार कार्ड अपुग हुने अवस्था छ। आवश्यक सङ्ख्यामा कार्डको आपूर्ति नहुँदा सेवा प्रवाहमा असर परेको छ।

प्रतिक्रिया