अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
मेरोन्यूज
२०८१ जेठ १३ गते २१:५७

बाँके। गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ ।
अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए ।
उनका अनुसार यही जेठ १५ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो ।
१५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियस माथि पुगेको छ ।
अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।
सम्बन्धित
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया