गाेरखापत्र संस्थान नाफामा

काठमाडौं । अधिकांश सरकारी संस्थान घाटामा सञ्चालन भइरहेका बेला नेपालको पुरानो सरकारी संस्थान गोरखापत्र लगातार दोस्रो वर्ष पनि नाफामा रहेको अर्थ मन्त्रालयको प्रतिवेदनले देखाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आइतबार संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा गोरखापत्र संस्थान नाफामा रहेको देखिएको हो।
संस्थानको वार्षिक स्थिति समीक्षामा आर्थिक वर्ष २०७९/८० मा गोरखापत्र संस्थान ६ करोड २४ लाख रुपैयाँ नाफामा देखिएको हो । अघिल्लो वर्ष संस्थानको नाफा अंक ५ करोड ४८ लाख रुपैयाँ थियो।
अर्थ मन्त्रालयको समीक्षा रिपोर्ट अनुसार संस्थानले अघिल्लो आवको तुलनामा गत आवमा एक करोड रुपैयाँ बढी नाफा कमाउन सफल भएको हो।
प्रतिस्पर्धी बजारमा व्यवसायिक गुणस्तर अभिवृद्धि गरेपछि संस्थानको आर्थिक अवस्थामा सुधार आएको संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले बताए।
संस्थानका प्रकाशनहरूको समाचार, सामग्रीमा सुधार र बजार सुहाउँदो रणनीति अपनाउँदा नाफाको अवस्थामा पुगेको महाप्रबन्धक ऐरीको भनाइ छ।
‘संस्थानको बजारीकरण र पारदर्शिता एवम् कर्मचारीको सहयोगका कारण हाम्रो टिमले अवस्थामा सुधार ल्याउन सम्भव
भएको हो,’ महाप्रबन्धक ऐरीले भने।
अघिल्लो वर्षको तुनलामा गएको आवमा १६ करोड विज्ञापन आम्दानीमा समेत वृद्धि भएको संस्थानले जनाएको छ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया