भारतद्वारा काठमाडौँमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौँको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवन आज उद्घाटन गरिएको छ ।कूल तीन करोड २३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको भवनको आज जिल्ला समन्वय समिति, काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
भारत सरकारको अनुदान सहयोगमा भान्सा कोठा, डाइनिङ हल, भण्डार, वार्डेन, गार्ड, अतिथि, कार्यालय कक्ष तथा पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, हरित कक्ष, कपडा धुने कक्ष, शौचालय, स्नानघर, सौर्य उर्जा प्रणालीलगायतको सुविधासहितको ३९ कोठा भएको चारतले छात्रावास भवनको निर्माण भएको थियो ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, काठमाडौँमार्फत गरिएको हो ।
उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
सन् २००३ देखि भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यिमध्ये काठमाडौँ जिल्लाका ४१ परियोजनासहित वाग्मती प्रदेशमा एक सय छवटा परियोजना रहेका छन् ।










मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया