मंगलबार, पुष १, २०८२

मोटरसाइकल दुर्घटना रामेछापका घिसिङको मृत्यु

मेरोन्यूज २०८१ जेठ १५ गते १५:३२

काठमाडौं । ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–६ कुनौरी घर भएका २४ वर्षीय विजय घिसिङ छन् ।

मंगलबार बिहान सानेपा स्थित स्टार अस्पताल अगाडी बा।७४ प ९२२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परेर मन्थली नगरपालिका–६ कुनौरी घर भएका ३७ वर्षीय सन्जय कुमार घिसिङ घाइते भएका छन् । मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी ९एसपी० नरेश सुवेदीले बताए ।

घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया