आगामी आर्थिक वर्षमा प्रदेशलाई ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा वित्तीय सामान्यीकरण अनुदान प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब हस्तान्तरण गरिने बताएका छन् ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले वित्तीय सामान्यीकरण अनुदान प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब हस्तान्तरण गरिने व्यवस्था मिलाएको बताएका हुन् ।
‘राष्ट्रिय प्रकृतिक तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय सामान्यीकरण अनुदान प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब हस्तान्तरण गरिने व्यवस्था मिलाएको छु,’ मन्त्री पुनले भने ।
उनले प्रदेशको लागि २५ अर्ब ८४ करोड र स्थानीय तहको लागि २ खर्ब ८ अर्ब ८८ करोड सशर्त अनुदानका लागि रकम विनियोजन गरिएको पनि बताए ।
‘सशर्त अनुदान प्रदेशको लागि २५ अर्ब ८४ करोड र स्थानीय तहको लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा २ खर्ब ३४ अर्ब ७३ करोड हस्तान्तरणका लागि विनियोजन गरेको छु,’ पुनले भने ।
















जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…
NBA shows exception to probe commission’s report
कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया