बिहीबार, पुष ३, २०८२

गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने

मेरोन्यूज २०८१ जेठ १५ गते १५:५७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याइने बजेटमा पाँच उदेश्य र प्राथमिकता रहेको बताएको छ।

प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/ ८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

यस्तो उदेश्यमा उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत र साधानलाई सन्तुलित तथा समुन्यायिक ढंगमा परिचालित गरेर आर्थिक असमानता र गरिबी न्यूनिकरण गर्ने र सार्वजनिक सेवा प्रभावहलाई प्रभावकारी बनाउने रहेका छन्।

त्यस्तै पाँच आर्थिक रूपान्तरणकारी क्षेत्रको रूपमा विभिन्न कार्य गर्ने बताइएको छ।

उर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकास गरी पाँच क्षेत्र सरकारको रूपान्तरणकारी योजना भएको अर्थमन्त्री पुनले बताए।

प्रतिक्रिया