किताब लेखक र पाठकको रसायनशास्त्र हो : शाक्य

काठमाडौँ। पर्यटन व्यवसायी कर्ण शाक्यले साहित्यिक विधाका कृति मात्र किताब नभएर यो लेखक र पाठकलाई जोड्ने रसायनशास्त्र भएको बताएका छन् । नेपाली राजनीतिज्ञ, कवि तथा नाटककार गोपालप्रसाद रिमालको सम्झना गर्दै न्युयोर्क राइटर्स वर्कसप इन काठमाडौँ र हिमालयन लिटरेचर फेस्टिभलका अवसरमा सोमबार यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा शाक्यले आफ्ना कृतिहरू ‘सोच’, ‘खोज’, ‘मोज’, र ‘कोष’ यथार्थ भोगाइ र अनुभव भएको स्पष्ट गरे।
वन विभागको जागिरेदेखि देशविदेशको भ्रमण र होटेल, अर्बुदरोग अस्पतालसम्मको निर्माण गरी दुःखसुखको अनुभव सँगालेका आफूलाई पुस्तक लेख्न अरूको कथा हाल्न नपरेको स्पष्ट गर्दै पत्नी र छोरीको अर्बुदरोगबाट निधन भएपछिको पीडाले पनि पुस्तक लेख्न प्रेरणा पाएको जानकारी दिए।
वर्कसपमा सहभागी देशविदेशका लेखक तथा नेपाली पत्रकार एवं लेखकसँग अन्तरक्रिया गर्दै लेखक शाक्यले भने, “मेरा कृति आख्यान र कल्पना होइन, यथार्थ हो, पाठकले ग्रहण गरे । कृति पढेर कतिले मलाई तपाईँले रुवाइदिनुभयो भने ।” उनको ‘सोच’ गैरआख्यानात्मक कृतिले उत्तमशान्ति पुरस्कार पनि प्राप्त गरेको थियो । उनका अङ्ग्रेजी भाषामा पनि ‘टेल्स अफ काठमाडौँ’, ‘डोल्पो’ र ‘लुक डाउन अप’ शीर्षक कृति प्रकाशित छन् ।
“देशका विभिन्न ठाउँ घुम्दा मलाई मेरो देश स्वर्ग पो रहेछ भन्ने स्पष्ट भयो । म त स्वर्गमा पो जन्मेको रहेछु ।” उनले आफूले आफ्नो व्यवसाय गर्दै त्यसैमा धेरै अनुराग राखेको र त्यसलाई कला पनि दिएको जनाउँदै पछि समय व्यवस्थापन गर्न पनि जानेको बताए । आफूले अरूको नक्कलभन्दा नयाँ अलग्गै काम गर्न रुचि लाग्ने पनि स्पष्ट गरे । अहिले ८३ वर्षका उमेरमा पनि उनी गाउँ गाउँमा भ्रमण गरिरहेका छन् ।
अहिले सकारात्मक सोचका धनी शाक्यका नाममा ‘कर्ण सकारात्मक कोष’ र ‘नागरिक अभियान आफैँबाट’ भन्ने संस्था स्थापित छ जसले ६० देशमा करिब पाँच लाख जनालाई समेटी करिब पाँच सय समूह खडा गरिसकेको छ । “अरूलाई गाली गर्न र नराम्रो भन्न छाडी राम्रालाई राम्रा भन्न सके समाजमा धेरै परिवर्तन हुन्छ ”, उनले भने ।
अभियानले सचेत नागरिकको कर्तव्य, विदेश भ्रमण, पारिवारिक परिवेश र छिमेकीका रूपमा नागरिकको भूमिका, सरसफाइसम्बन्धी नागरिक कर्तव्य, धार्मिक–सांस्कृतिक– पर्यटकीय– प्रशासनिक–राजनीतिक–सामाजिक–यातायात–ट्राफिक–संरक्षण–विकास क्षेत्रमा नागरिकको भूमिकाका लागि सबैमा आग्रह गरेको छ ।
लेखक कार्यशाला तथा साहित्य महोत्सवअन्तर्गत आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, नेपालका लागि बेलायतका राजदूत रोब फेन र गोपालप्रसाद रिमालका माहिला सुपुत्र मदन रिमालका उपस्थितिमा उद्घाटन कार्यक्रम भई नेपाली, अङ्ग्रेजी र नेपाल भाषामा कविगोष्ठी तथा नेपाली मिडियामा नेपाली साहित्यको स्थान, अनुवाद, डायस्पोरा राइटिङ आदि विषयमा छलफल भएको कार्यक्रम संयोजक युयुत्सुआरडी शर्माले जानकारी दिए।










यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया