गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यालय आउन छाडे विद्यार्थी

टीकापुर। कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ। दिउँसो विद्यालयमा पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको छ। कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो।
वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण समस्या हुन थालेको सुनाउँछन्। “गर्मीले पढ्नै सकिँदैन,” उनले भने, “दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ। बेन्चमा बस्नै गाह्रो हुन्छ। डेस्क र बेन्च पनि तातेका हुन्छन्।”
दिउँसोको समयमा पटक–पटक बिद्युत् अवरुद्ध हुँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ। टीकापुरकै अर्को विद्यालयमा कक्षा ३ मा अध्ययनरत रिजिना विकले दिउँसोको समयमा एकदमै गाह्रो हुने, छटपटी हुने र निद्रा लाग्ने गरेको बताइन्। “गर्मी बढेका बेला छटपटी हुन्छ, पानी पनि तातो हुन्छ,” उनले भनिन्, “पढ्न मन लाग्दैन, कमजोर महसुस हुन्छ।”
यस्तै कक्षा ५ मा अध्ययनरत रजनी सुनारले विद्यालयमा सबै कक्षाकोठा टिनले छाएकाले पढ्न गाह्रो हुने गरेको बताइन्। उनले भनिन्, “अधिकांश साथी बीचमै पढाइ छाडेर घर हिँड्छन्। केही गर्मीमा विद्यालय नियमित आउँदैनन्।”
विक्रम थारु खडक स्मृति माविमा कक्षा ९ मा पढ्छन्। उनको कक्षामा ९० विद्यार्थी अध्ययनरत छन्। “एउटै कक्षामा यतिधेरै विद्यार्थी बस्छौँ, भीडभाड हुँदा त्यसै गर्मी हुन्छ,” उनले भने। कैलालीको टीकापुर नगरपालिकाभित्रका सबै विद्यालय दिउँसो सञ्चालनमा छन्। जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन। दिउँसो बालबालिकालाई गर्मीले सताउँछ। केही विद्यालयमा टिनका छाना छन्। अझ बिजुली गएका बेला बस्नै कठिन छ। प्रधानाध्यापकहरूको बैठकले सबै विद्यालय अनिवार्य दिउँसो चलाउने निर्णय गरेकाले यस वर्ष सबै विद्यालय दिउँसो सञ्चालन गरिएका हुन्।
“यस्तो बेलामा बिहानी कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ,” अभिभावक रमेश चौधरीले भने। अभिभावकले अत्यधिक गर्मी बढेकाले केही दिन विद्यालय बिदा दिनुपर्ने मागसमेत गरेका छन्। टिकापुर बाहेकका पालिकामा विद्यालयको अवस्थाअनुसार बिहान र दिउँसो पढाइ सञ्चालनमा छ।
टीकापुरमा पनि विद्यालयले चाहेअनुसार पठनपाठन गर्न सक्ने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले बताए। “विद्यालयको अवस्थाअनुसार सञ्चालन गर्न सकिन्छ,” उनले भने।
















देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया