शनिबार, पुष १२, २०८२

चेकको रङ्गिन फोटोकपी दिएर ठगेको आरोपमा पक्राउ

मेरोन्यूज २०८१ जेठ १६ गते १०:४८

काठमाडौँ । चेकको रङ्गिन फोटोकपी गरेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–१० बस्ने ४८ वर्षीय अनुप कुमार सिंह छन् ।

रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१२ घर भएका २८ वर्षका अनिल पुन मगरलाई आरोपीले रङ्गिन फोटोकपी गरेको चेक दिएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।

प्रतिक्रिया