कांग्रेसले हावादारी सम्झौता गर्यो, जनतासँग माफी माग्नुपर्छ- कमल थापा
मेरोन्यूज
२०८१ जेठ १६ गते १३:२५

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी ठगीको छानबिनमा कांग्रेसले हावादारी सम्झौता गरेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा अध्यक्ष थापाले यस्तो हावादारी सम्झौता गर्नु थियो भने महिनौं सम्म संसद अवरुद्ध गरेर समय र करोडौं बर्बाद गरेको आरोप लगाएका हुन् ।
उनले विपक्षी दलहरुले जनतासँग माफी माग्नुपर्ने र खर्चको क्षतिपुर्ति बुझाउनुपर्ने समेत बताएका छन् ।
उनले भनेका छन्-
सहकारी विवाद र सम्झौता प्रकरण: यदी यहि हावादारी सम्झौता गर्नुथियो भने महिनौंसम्म संसद अवरुद्ध गर्ने,समय वर्वाद गर्ने र करोडौं व्यय गराउने कंग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ। किनभने यस्तो सहमतिकोलागि त सरकार धेरै अघि नै तयार थियो ।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया