बालिका बलात्कारी १७ वर्षीय किशोरलाई आठ वर्ष कैद

सप्तरी। सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराजनगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई आज आठ वर्षको कैद सजाय सुनाएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलाशले रु ५० हजार क्षतिपूर्ति, रु ३६ हजार तीन सय ३३ जरिवानाको फैसला गरेको छ । विद्यालय पढ्न गएकी बालिका (परिवर्तित नाम-१६५)लाई विभिन्न प्रलोभन देखाइ ती किशोरले विसं २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेबीहोटलमा लगेर बलात्कार गरेका थिए ।
पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन । होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले विसं २०८० असोज २४ गते पुनःउजुरी दर्ता गरेको थियो । आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए ।
जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
प्रतिक्रिया