हावाहुरीले कास्कीमा घरका छाना उडायो
मेरोन्यूज
२०८१ जेठ १७ गते २२:०६

पोखरा । बिहीबार आएको हावाहुरीका कारण कास्कीको रुपामा घरका छाना उडाएको छ ।
वडा नम्बर २ स्थित माझकोट लगायत ठाउँमा घरका छाना उडाएको वडाध्यक्ष राजन सुवेदीले जानकारी दिए । उनका अनुसार क्षतिको विवरण संकलन भैसकेको छैन ।
‘क्षतिको विवरण लिइरहेका छौँ । ५ वटा घरमा छाना उडाएको भन्ने खबर छ,’ उनले भने, ‘अन्यत्र पनि यस्तो भएको हुन सक्छ । कसैको टौवा नै उडाइदिएको छ ।’ यस्तै, कास्कीका पूर्वी क्षेत्रमा मकैवालीको निकै धेरै क्षति भएको छ ।
‘किसानले लगाएका मकै सखाप छ । अन्य वाली पनि सकुशल छैन,’ उनले भने । पोखरामा बिहीबार हावाहुरी सहित ठुलो वर्षा भएको थियो ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया