संरक्षण अभावमा गौश्वारका प्राचीन सम्पदा जीर्ण बन्दै

गलेश्वर। बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका १०० वर्ष पुराना ढुंगेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन्।
१९७८–७९ सालमा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुंगाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुंगेघर संरक्षण अभावमा जीर्ण भएका हुन्।
मल्ल र राणाकालीन इतिहास दर्साउने तीनतले ढुंगेघर प्राचीन दरबारजस्ता लाग्छन्। मल्ल र राणाकालीन इतिहासको साक्षी बनेका यी घर मल्ल र ठकुरी बसाइँसराइका कारण अलपत्र परेका हुन्। २०४५ सालसम्म मल्ल वंशीय ठकुरीको बसोबास रहेको यो गाउँका मानिस २०४६ सालमा प्रजातन्त्र पुनः स्थापना भएसँगै बसाइँ सरेपछि घर अलपत्र परेको बेनी नगरपालिका–२ का वडा सदस्य चन्द्रकान्त रिजालले बताए।
प्राचीन ती घरको मर्मसम्भार गरेर घर वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तथा बागलुङको पञ्चकोट, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ भ्रमणमा जाने पर्यटकलाई पनि आकर्षण गर्न सक्ने प्रशस्त सम्भावना भएको वडा सदस्य रिजालले बताए।
गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्वबम मल्लको स्वामित्वमा रहेका १०० वर्षभन्दा बढी पुराना घर गौश्वारा गाउँका सम्पदा भएकाले तिनको सुरक्षा र मर्मतसम्भारमा घरधनी र समुदाय दुवैले चासो दिनुपर्ने स्थानीय बुद्धिजीवी रत्नबम मल्लले बताए।
हाल गौश्वारा गाउँका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुईमा मात्र बसोबास छ। तीन घर जीर्ण छन्। भावी पुस्तालाई आफ्ना पूर्वजहरूको निवासको परिचय गराउने यी घर संरक्षण गर्नुपर्ने स्थानीय अर्जुन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टीकाबहादुर कार्कीले बताए।
त्यसैगरी मालिका गाउँपालिका–६ तल्लो दुखुको रातो ढुंगामा शेरचन र भट्टचनले निर्माण गरेका १०० वर्षभन्दा पुराना सातवटा ढुंगेघर पनि संरक्षणको अभावमा जीर्ण भएका छन्।
















अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया