विवाहकै दिन दुई बच्चाका बुवा बने बिगबोस विजेता मुनव्वर

एजेन्सी । हाँस्य कलाकार तथा बिगबोस विजेता मुनव्वर फारुकीको विवाहको खबर अहिले चर्चाको विषय बनेको छ ।
मुनव्वरको महजबीन कोटवालासँग विवाह भएको हो । उनीहरुको भेटघाट पहिलोपटक टेलिभिजन अभिनेत्री हिना खानले गराएको बताइएको छ ।
भारतीय संचारमाध्यमका अनुसार हिना खानले दुई महिना पहिले एक कार्यक्रममा मुनव्वरलाई महजबीनसँग भेट गराएकी थिइन् । हिनाले महजबीनलाई मुनव्वरको मेकअप गर्न पठाएकी थिइन् । त्यही चिनजान र प्रेम सुरु भएको थियो ।
२६ मेका दिन उनीहरुले नजिकका साथी तथा परिवारको उपस्थितिमा विवाह गरे । तर, यो खबर धेरैले पछि मात्रै थाहा पाएका थिए ।
मुनव्वरको सामाजिक संजालमा महजबीनसँगको फोटो पनि भाइरल भइरहेको छ । अहिलेसम्म दुवैले विवाहको बारेमा कुनै बयान भने दिएका छैनन् ।
महजबीन पेसाले मेकअप आर्टिस्ट हुन् । यो उनको पनि दोस्रो विवाह हो ।
पहिलो श्रीमानबाट उनको १० वर्षकी छोरी छन् । त्यस्तै मुनव्वरको पहिलो विवाहबाट एउटा छोरा छन् । मुनव्वर बिग बोस १७ का विजेता हुन् ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया