विवाहकै दिन दुई बच्चाका बुवा बने बिगबोस विजेता मुनव्वर

एजेन्सी । हाँस्य कलाकार तथा बिगबोस विजेता मुनव्वर फारुकीको विवाहको खबर अहिले चर्चाको विषय बनेको छ ।
मुनव्वरको महजबीन कोटवालासँग विवाह भएको हो । उनीहरुको भेटघाट पहिलोपटक टेलिभिजन अभिनेत्री हिना खानले गराएको बताइएको छ ।
भारतीय संचारमाध्यमका अनुसार हिना खानले दुई महिना पहिले एक कार्यक्रममा मुनव्वरलाई महजबीनसँग भेट गराएकी थिइन् । हिनाले महजबीनलाई मुनव्वरको मेकअप गर्न पठाएकी थिइन् । त्यही चिनजान र प्रेम सुरु भएको थियो ।
२६ मेका दिन उनीहरुले नजिकका साथी तथा परिवारको उपस्थितिमा विवाह गरे । तर, यो खबर धेरैले पछि मात्रै थाहा पाएका थिए ।
मुनव्वरको सामाजिक संजालमा महजबीनसँगको फोटो पनि भाइरल भइरहेको छ । अहिलेसम्म दुवैले विवाहको बारेमा कुनै बयान भने दिएका छैनन् ।
महजबीन पेसाले मेकअप आर्टिस्ट हुन् । यो उनको पनि दोस्रो विवाह हो ।
पहिलो श्रीमानबाट उनको १० वर्षकी छोरी छन् । त्यस्तै मुनव्वरको पहिलो विवाहबाट एउटा छोरा छन् । मुनव्वर बिग बोस १७ का विजेता हुन् ।
















वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया