हेल्थआवाजलाई ‘स्वास्थ्यमन्त्री ब्लूमवर्ग जनस्वास्थ्य पुरस्कार

काठमाडौं । स्वास्थ्यमन्त्री ब्लूमवर्ग जनस्वास्थ्य पुरस्कारबाट हेल्थआवाज डटकमको संचालक संस्था हेल्थ नेपाल मिडिया प्रा.लि.सम्मानित भएको छ ।
शुक्रबार विश्व सूर्तिजन्य पदार्थ विरुद्धको दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको एक समारोहमाझ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले हेल्थ नेपाल मिडियाका भिषा काफ्लेलाई उक्त पुरस्कारबाट सम्मानित गरेकी हुन् ।
आफ्नो अनलाइन समाचार पोर्टल हेल्थआवाज डकटममार्फत सूर्तिजन्य पदार्थ प्रयोग विरुद्ध खबरदारी गर्दै आएको हेल्थ नेपाल मिडिया प्रा।लि।ले सूर्तिजन्य पदार्थ रोकथाम सचेतना, अभिमुखीकरणजस्ता कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ । पछिल्लो एक वर्षमा मात्रै हेल्थ नेपाल मिडिया प्रा.लि.ले एक दर्जन सचेतनामूलक कार्यक्रममार्फत भण्डै एक हजार बढी युवाहरुमाझ धुम्रपान र मद्यपान विरुद्ध सचेतना कार्यक्रम संचालन गरेको थियो ।
वि।सं। २०७५ सालमा स्थापना भएको हेल्थ नेपाल मिडिया प्रा.लि. आफ्नो स्थापनाकालदेखि नै सूर्तिजन्य पदार्थको प्रयोग, यसका शारीरिक र सामाजिक असरका विषयमा निरन्तर पैरवी गर्दै आएको छ । यही कारण हेल्थ नेपाल मिडिया प्रा।लि।ले संस्थागततर्फको स्वास्थ्यमन्त्री ब्लूमवर्ग जनस्वास्थ्य पुरस्कार पाएको हो ।
व्यक्तिगततर्फ भने स्वास्थ्य पत्रकार तथा नेपालहेल्थप्रेसका प्रधान सम्पादक अतुल मिश्र, स्वास्थ्य खबरका कार्यकारी सम्पादक डिबी खड्का, नेपाल टेलिभिजनकी निता सापकोटा ब्लूमवर्ग जनस्वास्थ्य पुरस्कारबाट सम्मानित भएका छन् । त्यसैगरी, कानुन कार्यन्वयतर्फ लूमवर्ग जनस्वास्थ्य पुरस्कारबाट भने गण्डकी प्रदेशका स्वास्थ्य सचिव विनोदविन्दु शर्मा र कीटजन्य रोग अनुसन्धान केन्द्र हेटौडाका निर्देशक सुनिलराज शर्मा सम्मानित भएका छन् ।
सबैको पुरस्कार राशि ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । स्वास्थ्य कर कोष सचिवालयले विभिन्न विधामा पुरस्कार लागि आवेदन माग गरेको थियो । परेका आवेदनबाट उत्कृष्ट छनोट गर्नका लागि विज्ञ सम्मिलित समिति बनाइएको थियो । सोही समितिले आवेदकहरुमध्येबाट उत्कृष्ट संस्था तथा व्यक्ति छनोट गरेको हो । ‘हामीले आवेदन माग गरेका थियौं । परेका आवेदकमध्येबाट सूर्तिजन्य पदार्थको प्रयोग विरुद्ध उल्लेखनीय योगदान गरेको संस्था, पत्रकार र कानुन कार्यन्वयन गर्ने व्यक्ति तथा निकायलाई पुरस्कार दिइएको हो,’ समितिका सदस्य सचिव गोपीकृष्ण रेग्मीले भने ।
सन् २०१५ मा सूर्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीसहितको चित्र राख्ने प्रतिवद्धतापनि नेपाले १ करोड रुपैयाँको ब्लूमवर्ग फिलान्थ्रोपिक एवार्ड पाएको थियो । उक्त एवार्डबाट प्रापत रकमबाट स्वास्थ्य मन्त्रालयले छुट्टै अक्षय कोष स्थापना गरेको थियो । सोही अक्षय कोषबाट प्राप्त हुने रकमले स्वास्थ्य कर कोषको सचिवालयले सूर्तिजन्य पदार्थविरुद्ध काम गरिरहेका व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।
















एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया