युरोपेली देश बुल्गेरिया नेपालसँग श्रमसम्झाैता गर्न सकारात्मक

काठमाडौं । युरोपेली देश बुल्गेरिया नेपालसँग श्रमसम्झाैता गर्न सकारात्मक काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसँग नेपालका लागि बुलगेरियाका गैरआवासीय राजदूत H.E Nokolay Yankot शिष्टचार भेटवार्ता गरेका छन् ।
शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा दुई पक्षीय सम्बन्धका विविध आयामका बारेमा छलफल भयो । छलफलमा श्रममन्त्री डोलप्रसाद अर्यालले बुलगेरियाले नेपाली श्रमिकलाई प्राथमिकतामा राखेकोमा धन्यवाद दिए ।
मन्त्री अर्यालले नेपाली श्रमिकका लागि सुरक्षित श्रम गन्तब्य खोजी गरी रहेको बताउँदै बुलगेरियामा पनि नेपाली श्रमिकका लागि सम्भावित मुलुक हुन सक्ने बताए । ‘हाम्रा श्रमिकलाई सुरक्षा प्रदान गर्ने र समान व्यवहार गर्ने मुलुकलाई हामीले प्राथमिकता दिएका छौ,’ उनले भने । त्यस्तै, मन्त्री अर्यालले नेपाली श्रमिकलाई औपचारिक माध्यमबाट बुलगेरिया पठाउन दुई पक्षीय श्रम सम्झौता गर्न नेपाल सकारात्मक रहेको बताए ।
साथै नेपाली श्रमिकलाई भारत गएर भिसा लगाउनु पर्ने बाध्यतालाई हटाउन नेपालमा नै भिसा सेन्टर स्थापना गर्न पनि आग्रह गरे । छलफलमा नेपालका लागि बुलगेरियाका गैरआवासीय राजदूत H.E Nokolay Yankot ले बुलगेरियामा नेपाली श्रमिकको लागि सेवा, मेशिनरी र निर्माण लगायतका क्षेत्रमा सम्भावना रहेको बताए ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया