बिहीबार, चैत १२, २०८२

रौतहट ट्राफिक प्रहरीको सक्रियता, आठ दिनमा छ लाख बढी राजश्व संकलन

मेरोन्यूज २०८१ जेठ १८ गते २१:५७

रौतहट। रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयले नियमविपरीत चलेका सवारी चलाकलाई कारबाही गरेर ८ दिनभित्र ६ लाख रुपैयाँ भन्दाबढी राजश्व संकलन गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

जेठ ९ गते देखि लिएर १७ गतेसम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा सवारी नियमविपरीत चलेका सवारी चालकलाई कारबाही गरेको हो।

ट्राफिक प्रहरीले ५२५ सवारी साधनलाई कारबाही गरेर जरिवाना स्वरूप ६ लाख ३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको  जिल्ला प्रहरी  रौतहटका प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले बताएकी छिन्।

पछिल्लो समय रौतहटस्थित ट्राफिक प्रहरीको सक्रियताले राजश्व संकलनमा वृद्धि हुनुका साथै सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।

हाल जिल्ला सदरमुकाम गौर, गरुडा, सुकदेव चौक, बम नहर, चन्द्रनिगाहपुर, बागमती, डुमरिया, मौलापुर, विजयपुरलगायत ग्रामीण भेगमा समेत ट्राफिक प्रहरी क्रियाशिल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया