मंगलबार, वैशाख ८, २०८३

हत्या गरी फालिएको अवस्थामा पुरुषको शव फेला 

मेरोन्यूज २०८१ जेठ १९ गते १४:५०

काठमाडौं । कपिलवस्तुको सुद्धोधन गाउँपालिका– ६ बेलभरिया गाउँको दक्षिण मर्थी खोलाको नालामा शनिवार बिहान करिव १० बजेतिर हत्या गरी फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

Advertisement
NiccNicc

अनुहारमा ढुंगाले हानेर हत्या  गरी नालामा छाडिएको अवस्थामा अन्दाजी  २८ देखि ३० वर्षीय पुरुषको शव फेला परेको कपिलबस्तुका प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले जानकारी दिए।

मृतक पुरुषको मुखमा गहिरो चोट देखिएको र शव नजिकै ढुंगासमेत फेला परेको ओलीले बताए। शवको पहिचान नखुलेको र पोस्टमार्टका लागि प्रादेशिक अस्पताल  वुटवल पठाइएको छ।

उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया