तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: स्वर्णिम वाग्ले

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति एवं तनहुँ–१ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
तनहुँ जिल्ला भलिबल सङ्घले आयोजना गरेको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता समापन कार्यक्रममा आज उनले नेपालकै मध्यभागमा अवस्थित तनहुँमा खेलकुदको पर्याप्त सम्भावना रहेकाले त्यसलाई सम्बोधन योजनाबद्ध ढङ्गले लाग्नुपर्ने बताएका हुन्।
डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा खेलकुदतर्फ केही बजेट वृद्धि भएको बताए। उनले भने, ‘खेलकुदमा नेपालले धेरै प्रगति गरेको छ। अहिलेको बजेटमा पनि खेलकुदतर्फको रकम केही वृद्धि भएको छ। खेलकुदको विकासका लागि सरकारका तर्फबाट पहल हुनुपर्छ। यहाँ खेलकुद विकासका लागि के गर्न सकिन्छ त्यसबारेमा सम्बन्धित पक्षसँग पहल गर्नेछौँ।’
आज घिरिङ गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाबीच भएको फाइनल खेल हुरी र पानीले स्थगित भएको छ। दुवै टिमले एक–एक सेट जितेपछि तेस्रो सेट खेल्दै गर्दा खेल स्थगित भएको हो।
भिमाद नगरपालिकालाई हराउँदै शुक्लागण्डकी नगरपालिका फाइनलमा पुगेको थियो। शुक्लागण्डकीले भिमादलाई सोझो सेटमा पराजित गरेको थियो। त्यस्तै ऋषिङ गाउँपालिकालाई हराउँदै घिरिङले फाइनलयात्रा तय गरेको थियो। घिरिङले पनि ऋषिङलाई सोझो सेटमा हराएको हो। तेस्रो स्थानका लागि भिमाद र ऋषिङबीच खेल भएकामा भिमाद तेस्रो भएको छ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख एक हजार एक सय ११, द्वितीयलाई रु ५१ हजार एक सय र तेस्रो हुनेलाई रु २५ हजार एक सय ११ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घका महाससचिव अशोक गिरीले जानकारी दिए।
प्रतियोगितामा जिल्लाका आँबुखैरेनी गाउँपालिकाबाहेक नौवटा पालिकाको सहभागिता रहेको थियो। प्रतियोगितामा व्यास, भानु, शुक्लागण्डकी र भिमाद नगरपालिका तथा ऋषिङ, घिरिङ, म्याग्दे, बन्दीपुर र देवघाट गाउँपालिकाको सहभागिता जनाएका छन्।
















अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया