सेनाद्वारा वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन

रौतहट। तीन हजार बिरामीको लक्ष्यसहित रौतहटको गढीमाई नगरपालिकास्थित नेपाली सेनाले वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
नेपाली सेना मध्यपूर्वि पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनी अड्डाको पहल, वीरदल गण र गढिमाई नगरपालिकाको सहकार्यमा वडा नम्बर १ समनपुररको शंकर गुदर माविको प्राङ्गणमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
सरोकारवाला निकायहरूको सहभागितामा विपन्न र स्वास्थ्यको पहुँचबाट बञ्चित समुदायहरूलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको वीरदल गणका गणपति कर्णेल गंगाबहादुर विष्टले बताए।
लक्षित वर्गलाई लाभ तथा नेपाली सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ होस् भन्ने उद्देश्यले सञ्चालित स्वास्थ्य शिविरमा करिब २५ सयदेखि तीन हजार बिरामीले स्वास्थ्य लाभ लिने लक्ष्य राखिएको कर्णेल विष्टले बताए।
शिविरको उद्घाटन कार्यक्रममा गढीमाई नगर प्रमुख श्यामबाबु यादवले स्वास्थ्य शिविरबाट गरीब तथा आर्थिक रुपले विपन्न समुदायले आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य लाभ लिन पाउनु नगरबासीको सौभाग्य रहेको विचार राखे।
नेपाली सेनाको डाक्टर, प्रादेशिक अस्पताल गौर, चन्द्रपुर अस्पताल, गौर आँखा अस्पताललगायतबाट गरी २४ जना डाक्टरको टोलीले शिविरमा उपचार गरिरहेका छन्। अहिलेसम्म १५ सय बिरामीको उपचार भइसकेको कर्णेल विष्टले जानकारी दिएका छन्।
शिविरमा बेलुकी ६ बजेसम्म उपचार हुने आयोजकले जनाएको छ। अंग्रेज सेनालाई नेपालीले हराएर धपाएको ऐतिहासिक गाउँ समानपुरमा नेपाली सेनाले पटक(पटक विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया