बंगलादेशी सांसदको हत्या आरोपी हुसेन नेपालमा पक्राउ
मेरोन्यूज
२०८१ जेठ २० गते १२:१९

काठमाडौं । भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ ।
नेपाल प्रहरीले भारतमा हत्या गरिएका सांसद अजिमको हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार सियामको पक्राउ पछि सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल शुरु गरको छ ।
भारत उपचार गर्न पुगेका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल मे १३ देखि सम्पर्क विहीन भएका थिए। पछि उनी कोलकातामा मृत फेला परेका थिए । उनको शव टुक्रा टुक्रा गरेर तालमा फालिएको अनुसन्धानमा खुलेको थियो ।
बंगलादेशी सञ्चारमाध्यमहरुमा पनि उनी काठमाडौंबाट पक्राउ परेको उल्लेख गरिएको छ । उनको हत्यालाई सुन तस्करीसँग समेत जोडेर हेरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको थियो ।
सम्बन्धित











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया